Sunday 11th October 2026

लियोनल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास


फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्।

३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब विदा लिने समय आएको महसुस गरेको बताएका छन्।

मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो शतप्रतिशत योगदान दिएको र देश तथा समर्थकलाई खुसी र गर्व महसुस गराउने प्रयास गरेको उल्लेख गरेका छन्।

करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा उनले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका लगायतका महत्वपूर्ण उपाधि जिताएका थिए। साथै, उनले टोलीलाई २०१४ र २०२६ को विश्वकप फाइनलसम्म पुर्‍याएका थिए। २०२६ को विश्वकप फाइनलमा भने अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो।

मेस्सीको सन्न्याससँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा एक ऐतिहासिक र सफल युगको औपचारिक अन्त्य भएको छ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...