Wednesday 21st October 2026

भोटेकोशी–त्रिशूली बाढी: ९३९ मृत्यु, सुरुङभित्र फसेकाको खोजी जारी


रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म पुग्न पहाडमा विस्फोट गरिरहेको र भित्र हावा आपूर्ति गर्ने प्रयास भइरहेको छ।

नेपाल-तिब्बत सीमामा आएको विनाशकारी बाढीमा हालसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३,९२५ जना अझै बेपत्ता रहेका छन्। बेपत्तामध्ये ५९२ जना विदेशी नागरिक छन्।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार हालसम्म जलविद्युत् आयोजनास्थलबाट २७९ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाल र चीनका सुरक्षा निकायसँगै भारत, कोरिया र अष्ट्रेलियाका विशेषज्ञहरू पनि संलग्न छन्।

बेपत्ता कामदारका परिवारजनले सुरुङभित्र अक्सिजन प्रणाली भएकाले आफ्ना आफन्त जीवितै भेटिने आशा अझै नत्यागेको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...