Monday 21st September 2026

रसुवा बाढी अपडेट: टेलिकमको निःशुल्क सेवा, उद्धार कार्य तीव्र


रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्।

बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने मर्मत टोली प्रभावित क्षेत्रमा खटिएको छ।

यसैबीच, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरबाट हालसम्म १२ जनाको हवाई उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा थप उद्धारकर्मी, हेलिकोप्टर तथा मेडिकल टोली परिचालन गरिएको छ।

प्रारम्भिक विवरणअनुसार बाढीले स्याफ्रुबेँसी, टिमुरे, बेत्रावती र आसपासका बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। केही सुरक्षाकर्मी र यात्रु अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य जारी छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ।…

प्रतिकृयाहरू
...