Monday 21st September 2026

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा ठूलो क्षति, उच्च सतर्कता जारी


तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक, पुल तथा केही जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीको प्रभाव त्रिशूली नदी हुँदै धादिङ, नुवाकोट, गोरखा र चितवनसम्म फैलिन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले उच्चस्तरीय बैठक बोलाउनुका साथै उद्धार र राहतका लागि सेना, प्रहरी तथा हेलिकोप्टर परिचालन गरिएको छ। केही सुरक्षाकर्मी सम्पर्कविहीन रहेको र क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक…

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...