Monday 21st September 2026

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघका दुई शान्ति सैनिक मारिए


दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको जिम्मेवारी सार्वजनिक रूपमा कुनै समूहले लिएको छैन ।

आइतबार पजुत क्षेत्रतर्फ गइरहेको यूएन मिसन (UNMISS) को टोलीमाथि आक्रमण भएको थियो। घटनामा सात जना अन्य शान्ति सैनिक, प्रहरी र नागरिक कर्मचारी घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघले घटनाको कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ। यूएनले यस प्रकारका आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराधको श्रेणीमा पर्न सक्ने जनाएको छ।

सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा द्रुत प्रतिक्रिया बल (Quick Reaction Force) परिचालन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक…

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...