Wednesday 28th October 2026

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघका दुई शान्ति सैनिक मारिए


दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको जिम्मेवारी सार्वजनिक रूपमा कुनै समूहले लिएको छैन ।

आइतबार पजुत क्षेत्रतर्फ गइरहेको यूएन मिसन (UNMISS) को टोलीमाथि आक्रमण भएको थियो। घटनामा सात जना अन्य शान्ति सैनिक, प्रहरी र नागरिक कर्मचारी घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघले घटनाको कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ। यूएनले यस प्रकारका आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराधको श्रेणीमा पर्न सक्ने जनाएको छ।

सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा द्रुत प्रतिक्रिया बल (Quick Reaction Force) परिचालन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...