Wednesday 28th October 2026

अमेरिकाले सिरियालाई आतंकवाद प्रायोजक राष्ट्रको सूचीबाट हटायो


अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय आतंकवादबाट टाढा रहने प्रतिबद्धता जनाएकाले यो निर्णय गरिएको बताएका छन्।

सिरियाली राष्ट्रपति अल-शाराले यसलाई “ऐतिहासिक निर्णय” भन्दै देशको पुनर्निर्माण, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा ठूलो सहयोग पुग्ने बताएका छन्।

सन् १९७९ देखि उक्त सूचीमा रहेको सिरियामाथि अमेरिकी सहायता, रक्षा कारोबार र वित्तीय कारोबारसम्बन्धी विभिन्न प्रतिबन्ध लाग्दै आएका थिए। नयाँ निर्णयसँगै सिरियामा विदेशी लगानी, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

अमेरिकाले यस कदमलाई सिरियालाई इरान र रुसको प्रभावबाट टाढा ल्याउने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ। सिरिया सरकारले यस निर्णयले देशको आर्थिक पुनरुत्थान र क्षेत्रीय स्थिरतालाई बल पुग्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...