Sunday 4th October 2026

मालीमा जुंटा आलोचक पत्रकार र अभियन्तालाई ७ वर्ष जेल


मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया डुम्बिया लाई ७ वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई आपराधिक षड्यन्त्र र राज्यको बदनाम गरेको आरोपमा दोषी ठहर गरिएको हो।

दुवै जना सन् २०२३ देखि हिरासतमा रहेका थिए। अभियोजन पक्षले उनीहरूलाई सैन्य सरकारका लागि खतरा भएको दाबी गरेको थियो। रास बाथ मालीका युवा पुस्तामाझ निकै लोकप्रिय मानिन्छन्।

सन् २०२० र २०२१ को सैनिक ‘कु’ पछि सत्तामा आएको मालीको सैन्य सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण बढाउँदै आएको आरोप लाग्दै आएको छ। सरकारले सन् २०२४ भित्र नागरिक शासनलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरे पनि हालसम्म पूरा गरेको छैन।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...