Wednesday 28th October 2026

मालीमा जुंटा आलोचक पत्रकार र अभियन्तालाई ७ वर्ष जेल


मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया डुम्बिया लाई ७ वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई आपराधिक षड्यन्त्र र राज्यको बदनाम गरेको आरोपमा दोषी ठहर गरिएको हो।

दुवै जना सन् २०२३ देखि हिरासतमा रहेका थिए। अभियोजन पक्षले उनीहरूलाई सैन्य सरकारका लागि खतरा भएको दाबी गरेको थियो। रास बाथ मालीका युवा पुस्तामाझ निकै लोकप्रिय मानिन्छन्।

सन् २०२० र २०२१ को सैनिक ‘कु’ पछि सत्तामा आएको मालीको सैन्य सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण बढाउँदै आएको आरोप लाग्दै आएको छ। सरकारले सन् २०२४ भित्र नागरिक शासनलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरे पनि हालसम्म पूरा गरेको छैन।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...