Wednesday 28th October 2026

पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश दियो


पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई दिनभित्र सार्न आदेश दिएको छ। अदालतले उनको उपचारका लागि विशेष मेडिकल बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ।

अदालतले अस्पतालमा रहँदा खानलाई परिवारका सदस्यसँग भेट्न तथा विदेशमा रहेका उनका छोरासँग कुराकानी गर्न अनुमति दिन पनि आदेश दिएको छ। ७३ वर्षीय खान अगस्ट २०२३ देखि विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दामा जेलमा छन्, जसलाई उनी र उनकी पार्टीले राजनीतिक प्रेरित आरोप बताउँदै आएका छन्।

पीटीआईले लामो समयदेखि खानलाई स्वतन्त्र विशेषज्ञ चिकित्सकबाट उपचार गराउन माग गर्दै आएको थियो। यता सरकारले भने उनी जेलमै आवश्यक स्वास्थ्य सेवा पाइरहेको दाबी गर्दै आएको थियो। अदालतको यो निर्णयसँगै खानको स्वास्थ्य र राजनीतिक अवस्थाबारे पुनः चर्चा सुरु भएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...