Sunday 4th October 2026

युक्रेनले बेलायती ड्रोन प्रयोग गरेको पुष्टि भएछि रूसले दियो बेलायतलाइ चेतावनी


रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको आरोप लगाएको छ। रूसी दूतावासले लन्डनको बढ्दो संलग्नताको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

यसैबीच, बेलायतले युक्रेनको समर्थन जारी रहने बताउँदै रूसी आक्रमणविरुद्ध युक्रेनसँग “काँधमा काँध मिलाएर” उभिने जनाएको छ। पछिल्ला दिनहरूमा युक्रेनले मस्कोसहित रूसका तेल प्रशोधन केन्द्र र अन्य रणनीतिक संरचनामा व्यापक ड्रोन आक्रमण गरेको छ।

युद्धका क्रममा रूसले युक्रेनको करिब पाँचौं भाग भूभाग नियन्त्रणमा लिएको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी छन्। हालैका रूसी आक्रमणमा युक्रेनमा कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...