Wednesday 28th October 2026

युक्रेनले बेलायती ड्रोन प्रयोग गरेको पुष्टि भएछि रूसले दियो बेलायतलाइ चेतावनी


रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको आरोप लगाएको छ। रूसी दूतावासले लन्डनको बढ्दो संलग्नताको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

यसैबीच, बेलायतले युक्रेनको समर्थन जारी रहने बताउँदै रूसी आक्रमणविरुद्ध युक्रेनसँग “काँधमा काँध मिलाएर” उभिने जनाएको छ। पछिल्ला दिनहरूमा युक्रेनले मस्कोसहित रूसका तेल प्रशोधन केन्द्र र अन्य रणनीतिक संरचनामा व्यापक ड्रोन आक्रमण गरेको छ।

युद्धका क्रममा रूसले युक्रेनको करिब पाँचौं भाग भूभाग नियन्त्रणमा लिएको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी छन्। हालैका रूसी आक्रमणमा युक्रेनमा कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...