Wednesday 28th October 2026

अमेरिका–इरान तनाव बढ्दै, हर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण


हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको बेलायती समुद्री व्यापार सञ्चालन एजेन्सी (UKMTO) ले जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारीपत्र (MoU) को म्याद सकिएपछि त्यसलाई नवीकरण नगर्ने र इरानले “आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्ने” बताएका छन्। ट्रम्पले अमेरिकी टोली इरानको रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सँग छलफलमा रहेको दाबी गरे पनि IRGC ले उक्त दाबी अस्वीकार गरेको छ।

इरानी अधिकारीहरूले MoU समाप्त भएपछि अमेरिकासँगको द्वन्द्वमा अझ कडा रणनीति अपनाउन सक्ने संकेत दिएका छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी पक्षबाट भएका “गम्भीर उल्लंघन” का कारण वार्ताको समयसीमा अर्थहीन बनेको बताएका छन्। साथै, आक्रमण भएमा जवाफ दिन इरानी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...