Sunday 4th October 2026

अमेरिका–इरान तनाव बढ्दै, हर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण


हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको बेलायती समुद्री व्यापार सञ्चालन एजेन्सी (UKMTO) ले जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारीपत्र (MoU) को म्याद सकिएपछि त्यसलाई नवीकरण नगर्ने र इरानले “आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्ने” बताएका छन्। ट्रम्पले अमेरिकी टोली इरानको रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सँग छलफलमा रहेको दाबी गरे पनि IRGC ले उक्त दाबी अस्वीकार गरेको छ।

इरानी अधिकारीहरूले MoU समाप्त भएपछि अमेरिकासँगको द्वन्द्वमा अझ कडा रणनीति अपनाउन सक्ने संकेत दिएका छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी पक्षबाट भएका “गम्भीर उल्लंघन” का कारण वार्ताको समयसीमा अर्थहीन बनेको बताएका छन्। साथै, आक्रमण भएमा जवाफ दिन इरानी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...