Wednesday 9th September 2026

युक्रेनमा प्याट्रियट मिसाइल अभाव, हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय हुने अबस्थामा


युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गर्ने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइल (इण्टरसेप्टर) लगभग सकिएको जनाएको छ। युक्रेनी अधिकारीहरूले केही प्याट्रियट लन्चरहरू हप्तौंयता प्रयोग गर्न नसकिएको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार देशलाई अमेरिकी भण्डारको करिब ५ प्रतिशत बराबर इण्टरसेप्टर आवश्यक भए पनि हाल १ प्रतिशत मात्र उपलब्ध छ। मध्यपूर्वमा इरानसँगको द्वन्द्वका क्रममा ठूलो संख्यामा प्याट्रियट मिसाइल प्रयोग भएपछि विश्वव्यापी अभाव सिर्जना भएको बताइएको छ।

युक्रेनले अमेरिकासँग प्याट्रियट मिसाइल स्वदेशमै उत्पादन गर्ने अनुमति मागेको छ, तर त्यसबारे अन्तिम निर्णय अझै भएको छैन। मिसाइल अभावका कारण रूसका बढ्दो हवाई आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता प्रभावित भएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...