Wednesday 28th October 2026

युक्रेनमा प्याट्रियट मिसाइल अभाव, हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय हुने अबस्थामा


युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गर्ने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइल (इण्टरसेप्टर) लगभग सकिएको जनाएको छ। युक्रेनी अधिकारीहरूले केही प्याट्रियट लन्चरहरू हप्तौंयता प्रयोग गर्न नसकिएको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार देशलाई अमेरिकी भण्डारको करिब ५ प्रतिशत बराबर इण्टरसेप्टर आवश्यक भए पनि हाल १ प्रतिशत मात्र उपलब्ध छ। मध्यपूर्वमा इरानसँगको द्वन्द्वका क्रममा ठूलो संख्यामा प्याट्रियट मिसाइल प्रयोग भएपछि विश्वव्यापी अभाव सिर्जना भएको बताइएको छ।

युक्रेनले अमेरिकासँग प्याट्रियट मिसाइल स्वदेशमै उत्पादन गर्ने अनुमति मागेको छ, तर त्यसबारे अन्तिम निर्णय अझै भएको छैन। मिसाइल अभावका कारण रूसका बढ्दो हवाई आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता प्रभावित भएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...