Tuesday 29th September 2026

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान


राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।

सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार उनलाई यो सम्मान दिइएको हो।

तीनदिने नेपाल भ्रमणमा रहेका सेठ आइतबार काठमाडौं आइपुगेका थिए। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाली सेना तथा नेपाल सरकारका उच्च अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।

हाल यो परम्परा अनुसार नेपाल र भारतमा नयाँ सेना प्रमुख नियुक्त भएपछि पारस्परिक भ्रमणका क्रममा एकअर्काको सेनाको मानार्थ जनरल/महारथी को दर्जा प्रदान गरिन्छ तर मानार्थ महारथी पदले कुनै सैन्य कमान्ड वा निर्णय गर्ने अधिकार दिँदैन। यो पूर्ण रूपमा सम्मानजनक तथा कूटनीतिक प्रकृतिको पद हो, जसले दुई देशबीचको मित्रता र सहकार्यलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...