Wednesday 28th October 2026

भारतको बिहारमा मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु


भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी भक्तजन घाइते भएका छन्।

प्रहरीका अनुसार मन्दिर परिसरमा विद्युत् पोल खसेर केही व्यक्ति करेन्टको सम्पर्कमा आएपछि त्रास फैलिएको थियो, जसले भागदौडको अवस्था सिर्जना गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

श्रावण महिनाका अवसरमा भगवान शिवलाई जल चढाउन ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका बेला दुर्घटना भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् र घाइतेहरूको उपचारका लागि प्रशासनलाई आवश्यक निर्देशन दिएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...