Wednesday 28th October 2026

इरानद्वारा तीन पाइलटको रिहाइ माग, कतारले आरोप अस्वीकार गर्यो


इरानले अमेरिका–इरान युद्धको सुरुआती चरणमा खसालिएका दुई लडाकु विमानका तीन पाइलटलाई कतारले नियन्त्रणमा राखेको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको छ। इरानी ब्रिगेडियर जनरल मोहम्मद बाघेरजादेहले ती पाइलटहरू छ महिनादेखि बन्दी अवस्थामा रहेको बताएका छन्।
तर कतारले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै यसलाई भ्रामक र आधारहीन दाबी भनेको छ। कतारका अनुसार खोज तथा उद्धार टोलीले पाइलटहरूको खोजी गरेको थियो र फेला परेको एक पाइलटको अवशेष इरानलाई हस्तान्तरण गर्न समन्वयसमेत गरिएको थियो।
इरानले तीन पाइलटलाई पक्राउ गरिएको दाबी गरे पनि कतारले उनीहरूलाई नियन्त्रणमा नराखिएको स्पष्ट पारेको छ। दुवै देशबीच यस विषयमा आरोप–प्रत्यारोप जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...