Sunday 4th October 2026

इन्डोनेसियाको भूकम्पमा परि मर्नेको संख्या ५१ पुग्यो


इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित भएका छन्। भूकम्पपछि ३४१ भन्दा बढी पराकम्पन (आफ्टरशक) महसुस गरिएको छ।

विपद्का कारण १,३०० भन्दा बढी घरमा क्षति पुगेको छ र करिब ५,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सडकहरू पहिरोले अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ भने केही प्रभावित क्षेत्रमा राहत टोली अझै पुग्न सकेको छैन।

अधिकारीहरूले थप पराकम्पन आउन सक्ने भन्दै नागरिकलाई समुद्री तट र क्षतिग्रस्त भवनहरूबाट टाढा रहन आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...