Sunday 4th October 2026

दक्षिण लेबनानमा इजरायली आक्रमण तीव्र, थप कारबाहीको चेतावनी


शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु तथा १९ जना घाइते भएका छन्।

नबाटियेह क्षेत्रमा पुनः हवाई आक्रमण भएपछि सयौं परिवार सुरक्षित स्थानतर्फ पलायन भएका छन्, जसका कारण उत्तरतर्फ जाने सडकहरूमा चाप बढेको छ।

यसैबिच इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आफ्ना सैनिक र नागरिकमाथि आक्रमण गर्नेहरूमाथि पूर्ण शक्तिका साथ जवाफी कारबाही जारी रहने चेतावनी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...