Monday 7th September 2026

विश्वमा अत्यधिक गर्मी, खडेरी र बाढीको जोखिम बढ्दै, सुपर एल निनोको सम्भावना


अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना करिब ७० प्रतिशत रहेको छ। वैज्ञानिकहरूले यो एल निनो शरद ऋतु र हिउँदको सुरुआतमा अझ तीव्र हुने अनुमान गरेका छन्।

एल निनोका कारण विश्वभर तापक्रम वृद्धि, खडेरी, बाढी, डढेलो तथा मनसुनी वर्षाको ढाँचामा परिवर्तन आउने जोखिम बढेको छ। विश्व मौसम विज्ञान संगठन (WMO) ले अफ्रिका, दक्षिणी युरोप, भारतीय उपमहाद्वीप, पूर्वी एसिया र दक्षिण अमेरिकामा यसको प्रभाव बढी पर्ने जनाएको छ।

वैज्ञानिकहरूका अनुसार यस पटकको एल निनोका कारण सन् २०२६ र २०२७ विश्वकै सबैभन्दा तातो वर्षमध्ये पर्न सक्ने सम्भावना छ। संयुक्त राष्ट्रसंघले पनि जलवायु संकटलाई अझ गम्भीर बनाउने चेतावनी दिएको छ।

एल निनो (El Niño) प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा समुद्री सतहको तापक्रम औसतभन्दा बढी तातो हुने प्राकृतिक जलवायु चक्र हो। यसलाई ENSO (El Niño-Southern Oscillation) को तातो चरण मानिन्छ।
सामान्यतया हरेक २ देखि ७ वर्षमा एल निनो दोहोरिन्छ।समुद्री सतहको तापक्रम औसतभन्दा ०.५°C वा बढी बढेमा एल निनो अवस्था मानिन्छ।
१.५°C भन्दा माथि पुगेको अवस्थामा शक्तिशाली (Strong) एल निनो मानिन्छ।


सम्बन्धित शीर्षकहरु

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार…

प्रतिकृयाहरू
...