Wednesday 28th October 2026

जापानमा घनघोर वर्षाः ८ जनाको मृत्यु, हजारौं प्रभावित


जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल सेवा र विद्युत् आपूर्तिमा गम्भीर असर पुर्‍याएको छ।

अधिकारीहरूका अनुसार २० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने एक लाखभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

टोकियो नजिकको नारिता विमानस्थलमा यातायात अवरुद्ध हुँदा हजारौं यात्रु रातभर अलपत्र परेका थिए।

मौसम विभागले यसलाई जापानको इतिहासकै दुर्लभ तथा अभूतपूर्व वर्षा घटना बताएको छ र अझै बाढी तथा पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...