Sunday 4th October 2026

जापानमा घनघोर वर्षाः ८ जनाको मृत्यु, हजारौं प्रभावित


जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल सेवा र विद्युत् आपूर्तिमा गम्भीर असर पुर्‍याएको छ।

अधिकारीहरूका अनुसार २० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने एक लाखभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

टोकियो नजिकको नारिता विमानस्थलमा यातायात अवरुद्ध हुँदा हजारौं यात्रु रातभर अलपत्र परेका थिए।

मौसम विभागले यसलाई जापानको इतिहासकै दुर्लभ तथा अभूतपूर्व वर्षा घटना बताएको छ र अझै बाढी तथा पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...