Wednesday 28th October 2026

रुस–चीनबीच आर्कटिक व्यापार तीव्र, उत्तरी समुद्री मार्गको प्रयोग बढ्दो


रुसको आर्कटिक क्षेत्रमा रहेको अमेरिकी प्रतिबन्धित LNG परियोजना Arctic LNG-2 बाट ग्यास ढुवानी गर्न रुस र चीनले उत्तरी समुद्री मार्ग (Northern Sea Route) को प्रयोग उल्लेखनीय रूपमा बढाएका छन्। प्रतिबन्धित रूसी LNG कार्गो जहाजमार्फत रुसबाट चीन पुर्‍याइएको तथ्य उपग्रह तस्वीर र जहाज ट्र्याकिङ तथ्यांकले देखाएको छ।

युक्रेन युद्धपछि आर्कटिक मार्गमा अन्तर्राष्ट्रिय आवागमन मुख्यतः रुस–चीन व्यापारमा केन्द्रित भएको छ। चीनले ऊर्जा सुरक्षाका लागि रुसबाट LNG आयात बढाएको छ भने नयाँ चिनियाँ शिपिङ कम्पनीहरूले चीन–युरोप तथा चीन–रुस आर्कटिक मार्गमा नियमित सेवा सञ्चालन गर्न थालेका छन्।

पश्चिमी देशहरूले भने आर्कटिक क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई रणनीतिक तथा सुरक्षा चुनौतीका रूपमा हेर्दै चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तनका कारण हिम पग्लिँदै जाँदा भविष्यमा यो मार्ग अझ महत्वपूर्ण बन्न सक्छ ।

-cnn

https://edition.cnn.com/2026/08/14/china/china-arctic-northern-sea-route-russia-intl-hnk-vis-dst


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...