Sunday 4th October 2026

रुस–चीनबीच आर्कटिक व्यापार तीव्र, उत्तरी समुद्री मार्गको प्रयोग बढ्दो


रुसको आर्कटिक क्षेत्रमा रहेको अमेरिकी प्रतिबन्धित LNG परियोजना Arctic LNG-2 बाट ग्यास ढुवानी गर्न रुस र चीनले उत्तरी समुद्री मार्ग (Northern Sea Route) को प्रयोग उल्लेखनीय रूपमा बढाएका छन्। प्रतिबन्धित रूसी LNG कार्गो जहाजमार्फत रुसबाट चीन पुर्‍याइएको तथ्य उपग्रह तस्वीर र जहाज ट्र्याकिङ तथ्यांकले देखाएको छ।

युक्रेन युद्धपछि आर्कटिक मार्गमा अन्तर्राष्ट्रिय आवागमन मुख्यतः रुस–चीन व्यापारमा केन्द्रित भएको छ। चीनले ऊर्जा सुरक्षाका लागि रुसबाट LNG आयात बढाएको छ भने नयाँ चिनियाँ शिपिङ कम्पनीहरूले चीन–युरोप तथा चीन–रुस आर्कटिक मार्गमा नियमित सेवा सञ्चालन गर्न थालेका छन्।

पश्चिमी देशहरूले भने आर्कटिक क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई रणनीतिक तथा सुरक्षा चुनौतीका रूपमा हेर्दै चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तनका कारण हिम पग्लिँदै जाँदा भविष्यमा यो मार्ग अझ महत्वपूर्ण बन्न सक्छ ।

-cnn

https://edition.cnn.com/2026/08/14/china/china-arctic-northern-sea-route-russia-intl-hnk-vis-dst


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...