Wednesday 21st October 2026

५ महिना पछि स्वदेश फर्किए देउवा


पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस कार्यकर्ताले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका छन्। उनी शुक्रबार काठमाडौंमा हुने कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।

देउवा नेपाल फर्किए पनि विदेश बसाइका क्रममा कुन स्वास्थ्य समस्याको उपचार गराइएको थियो, कहाँ उपचार भयो र खर्च कसले व्यहोऱ्यो भन्ने विषयमा सार्वजनिक जानकारी नआएकाले विभिन्न प्रश्नहरू उठिरहेका छन्। उनी काठमाडौं आइपुगेर महाराजगन्जस्थित निवासमा गएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...