Tuesday 29th September 2026

५ महिना पछि स्वदेश फर्किए देउवा


पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस कार्यकर्ताले बाजागाजा र झाँकीसहित भव्य स्वागत गरेका छन्। उनी शुक्रबार काठमाडौंमा हुने कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।

देउवा नेपाल फर्किए पनि विदेश बसाइका क्रममा कुन स्वास्थ्य समस्याको उपचार गराइएको थियो, कहाँ उपचार भयो र खर्च कसले व्यहोऱ्यो भन्ने विषयमा सार्वजनिक जानकारी नआएकाले विभिन्न प्रश्नहरू उठिरहेका छन्। उनी काठमाडौं आइपुगेर महाराजगन्जस्थित निवासमा गएका छन्।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...