Sunday 4th October 2026

युक्रेन–रुसबीच भीषण ड्रोन र मिसाइल आक्रमण, दुवैतर्फ हताहत


युक्रेन र रुसबीच आक्रमणको श्रृंखला जारी रहँदा रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै धेरै घर तथा व्यावसायिक संरचनामा क्षति पुगेको छ।

यता रुसले युक्रेनका प्रमुख सहरहरूमा मिसाइल र ड्रोन हमला गरेको छ। खार्किभमा एक आवासीय भवनमा भएको आक्रमणमा २ जनाको मृत्यु र १३ जना घाइते भएका छन् भने ओडेसामा ८ जना घाइते भएका छन्।

यसैबीच, युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरू र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण जारी राखेको जनाएको छ। रुसले भने एकै रातमा १५० भन्दा बढी युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।

पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेका दुई गाउँ आफ्नो नियन्त्रणमा आएको रुसले दाबी गरे पनि युक्रेनले त्यसको पुष्टि गरेको छैन। युद्धका कारण दुवै पक्षले अग्रपंक्तिभन्दा टाढाका रणनीतिक पूर्वाधारहरूलाई समेत निशाना बनाउन थालेका छन्।

https://anewz.tv/world/world-news/23127/ukraine-russia-exchange-overnight-drone-and-missile-strikes/news


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...