Tuesday 22nd September 2026

यस वर्षको पूर्ण सूर्यग्रहण एशियाका अधिकांश भागबाट नदेखिने


सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य अवलोकन गर्न नपाइने भएको छ। ग्रहणको पूर्ण छायाँपथ उत्तरी रूस, ग्रीनल्यान्ड, आइसल्यान्ड र स्पेन हुँदै जानेछ।

खगोलविद्हरूका अनुसार एशियामा केवल रूसको उत्तरी भूभागका केही क्षेत्रबाट मात्र पूर्ण सूर्यग्रहण देखिने सम्भावना छ। अन्य अधिकांश एशियाली देशहरू, जस्तै नेपाल, भारत, चीन, बङ्गलादेश र दक्षिणपूर्वी एशियामा भने यो ग्रहण प्रत्यक्ष रूपमा पूर्ण रूपमा देखिने छैन।

नासाका अनुसार ग्रहणको मुख्य आकर्षण युरोप र आर्कटिक क्षेत्र रहनेछ, जहाँ केही समयका लागि दिनमै अन्धकार छाउनेछ। यो सन् १९९९ यता युरोपमा देखिन लागेको पहिलो पूर्ण सूर्यग्रहण भएकाले खगोलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...