Wednesday 28th October 2026

फिलिपिन्समा बाढी र आँधीको कहर, ३.८ लाखभन्दा बढी प्रभावित


फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार १ लाख १० हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

प्राकृतिक विपद्का कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। भारी वर्षापछि आएको पहिरो, ढुंगाखस्ने घटना, डुबान तथा विद्युतीय करेन्ट लागेर मृत्यु भएको बताइएको छ।

विपद्ले १४८ वटा घरमा क्षति पुर्‍याएको छ, जसमध्ये १० वटा पूर्ण रूपमा नष्ट भएका छन्। प्रभावितहरूका लागि ८६ वटा उद्धार तथा आश्रय केन्द्र सञ्चालनमा ल्याइएको छ, जहाँ हजारौं विस्थापित नागरिकलाई राखिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...