Sunday 4th October 2026

फिलिपिन्समा बाढी र आँधीको कहर, ३.८ लाखभन्दा बढी प्रभावित


फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार १ लाख १० हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

प्राकृतिक विपद्का कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। भारी वर्षापछि आएको पहिरो, ढुंगाखस्ने घटना, डुबान तथा विद्युतीय करेन्ट लागेर मृत्यु भएको बताइएको छ।

विपद्ले १४८ वटा घरमा क्षति पुर्‍याएको छ, जसमध्ये १० वटा पूर्ण रूपमा नष्ट भएका छन्। प्रभावितहरूका लागि ८६ वटा उद्धार तथा आश्रय केन्द्र सञ्चालनमा ल्याइएको छ, जहाँ हजारौं विस्थापित नागरिकलाई राखिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...