Saturday 31st October 2026

इन्फान्टिनोविरुद्ध षड्यन्त्र भइरहेको फिफाको दाबी


विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी गरेको छ।

हालै सार्वजनिक भएका व्यक्तिगत जीवनसँग सम्बन्धित आरोपहरूलाई इन्फान्टिनोले पूर्ण रूपमा अस्वीकार गरेका छन्। फिफाले पनि ती आरोपहरू आधारहीन र असत्य भएको जनाएको छ।

यता, फिफाको व्यावसायिक अधिकार व्यवस्थापनसम्बन्धी प्रस्ताव विवादमा परेपछि युरोपेली फुटबल महासंघ (यूईएफए) र केही युरोपेली संघहरूले इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठाएका छन्। केही संघहरूले उनको राजीनामासमेत माग गरेका छन्।

तर फिफाले इन्फान्टिनो सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मतदानबाट निर्वाचित भएको उल्लेख गर्दै आरोप र अफवाहका आधारमा नेतृत्व परिवर्तन गर्न नसकिने स्पष्ट पारेको छ। अफ्रिका, दक्षिण अमेरिका तथा केही अन्य क्षेत्रीय फुटबल संगठनहरूले पनि इन्फान्टिनोलाई समर्थन जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले…

प्रतिकृयाहरू
...