Sunday 4th October 2026

तिब्बतको स्वतन्त्रताको माग गर्दै संयुक्त राष्ट्रअगाडि आत्मदाह


तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले चीनको तिब्बत नीतिको विरोध गर्दै यो कदम चालेका हुन्।

लामो समयदेखि तिब्बती अधिकारका लागि सक्रिय राङजेनले घटनाअघि सार्वजनिक गरेको भिडियो सन्देशमा आफूले व्यक्तिगत कारणले नभई “तिब्बती राष्ट्रका लागि” संघर्ष गरिरहेको बताएका थिए। उनलाई तत्काल अस्पताल लगिए पनि करिब एक घण्टापछि मृत्यु भएको जनाइएको छ।

राङजेन अमेरिकामा आत्मदाह गर्ने पहिलो तिब्बती नागरिक भएको बताइएको छ। उनको निधनपछि तिब्बती समुदायले घटनास्थलमा श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्रता र मानवअधिकारको पक्षमा आवाज उठाएका छन्।


सम्बन्धित शीर्षकहरु

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

प्रतिकृयाहरू
...