Wednesday 28th October 2026

तिब्बतको स्वतन्त्रताको माग गर्दै संयुक्त राष्ट्रअगाडि आत्मदाह


तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले चीनको तिब्बत नीतिको विरोध गर्दै यो कदम चालेका हुन्।

लामो समयदेखि तिब्बती अधिकारका लागि सक्रिय राङजेनले घटनाअघि सार्वजनिक गरेको भिडियो सन्देशमा आफूले व्यक्तिगत कारणले नभई “तिब्बती राष्ट्रका लागि” संघर्ष गरिरहेको बताएका थिए। उनलाई तत्काल अस्पताल लगिए पनि करिब एक घण्टापछि मृत्यु भएको जनाइएको छ।

राङजेन अमेरिकामा आत्मदाह गर्ने पहिलो तिब्बती नागरिक भएको बताइएको छ। उनको निधनपछि तिब्बती समुदायले घटनास्थलमा श्रद्धाञ्जली अर्पण गर्दै स्वतन्त्रता र मानवअधिकारको पक्षमा आवाज उठाएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...