Wednesday 28th October 2026

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड: ५ शिक्षक मृत, ३० भन्दा बढी घाइते


थाइल्यान्डको बैंकक नजिक रहेको डेबसिरिन नोन्थाबुरी विद्यालयमा १४ वर्षीय एक विद्यार्थीले गोली चलाउँदा पाँच शिक्षकको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्। आक्रमणपछि ती किशोरले आफूलाई पनि गोली हानेका थिए र पछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले विद्यालय जानुअघि आफ्नै हजुरबुबा र हजुरआमाको समेत हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनी पढाइसम्बन्धी तनावमा रहेको र सामूहिक गोलीकाण्डसँग सम्बन्धित सामग्रीहरू अनलाइनमा खोज्ने गरेको खुलेको छ।

घटनापछि थाइल्यान्ड सरकारले विद्यालयहरूको सुरक्षा व्यवस्था कडा बनाउने, विद्यार्थी तथा शिक्षकका लागि मानसिक स्वास्थ्य सहायता कार्यक्रम सञ्चालन गर्ने तथा मृतक र घाइतेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो घटना पछिल्ला वर्षहरूमा थाइल्यान्डको सबैभन्दा घातक विद्यालय गोलीकाण्डमध्ये एक मानिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...