Thursday 29th October 2026

क्यानडाको वेस्टजेट एयरलाइन्सका ४,४०० उडान परिचारिका हडतालमा


क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा उत्रिएका छन्। हडतालका कारण वेस्टजेटले ४९५ उडान रद्द गरेको छ, जसले करिब २.५ लाख यात्रुहरूको यात्रा प्रभावित भएको कम्पनीले जनाएको छ।

विवादको मुख्य विषय उडान अघि र पछि जमिनमै गरिने कामको पारिश्रमिक हो। युनियनका अनुसार उडान परिचारिकाहरूले गर्ने केही कामको भुक्तानी हुँदैन, जबकि कम्पनीले “क्रेडिट आवर” प्रणालीमार्फत कर्मचारीहरूलाई त्यसको पारिश्रमिक दिइने दाबी गरेको छ।

वेस्टजेटका प्रमुख कार्यकारी अधिकृत (CEO) एलेक्सिस भोन होएन्सब्रोकले कम्पनीले सबै कामको समय समेट्ने नयाँ तलब संरचना र पहिलो वर्षमै दोहोरो अंकको तलब वृद्धि प्रस्ताव गरेको बताए, तर युनियनले उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...