Tuesday 22nd September 2026

क्यानडाको वेस्टजेट एयरलाइन्सका ४,४०० उडान परिचारिका हडतालमा


क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा उत्रिएका छन्। हडतालका कारण वेस्टजेटले ४९५ उडान रद्द गरेको छ, जसले करिब २.५ लाख यात्रुहरूको यात्रा प्रभावित भएको कम्पनीले जनाएको छ।

विवादको मुख्य विषय उडान अघि र पछि जमिनमै गरिने कामको पारिश्रमिक हो। युनियनका अनुसार उडान परिचारिकाहरूले गर्ने केही कामको भुक्तानी हुँदैन, जबकि कम्पनीले “क्रेडिट आवर” प्रणालीमार्फत कर्मचारीहरूलाई त्यसको पारिश्रमिक दिइने दाबी गरेको छ।

वेस्टजेटका प्रमुख कार्यकारी अधिकृत (CEO) एलेक्सिस भोन होएन्सब्रोकले कम्पनीले सबै कामको समय समेट्ने नयाँ तलब संरचना र पहिलो वर्षमै दोहोरो अंकको तलब वृद्धि प्रस्ताव गरेको बताए, तर युनियनले उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...