Thursday 29th October 2026

रुसको हवाई आक्रमणमा युक्रेनमा ९ को मृत्यु


क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो, सुमी, खार्किभ र पोल्टाभा क्षेत्रमा आक्रमण भएको छ। आक्रमणमा १८ भवन, विद्यालय, लिथुआनियाली दूतावास र अन्य पूर्वाधार क्षतिग्रस्त भएका छन् ।

रुसले प्रक्षेपण गरेका २७ मध्ये केवल १ मिसाइल मात्र युक्रेनले खसालेको थियो।

रूसका मिसाइल खसाल्न नसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई तत्काल वायु रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्।

पछिल्लो २४ घण्टामा युक्रेनभर कम्तीमा १४ नागरिकको मृत्यु र ८७ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यसैबीच, रुसले आफ्नो भूभागमा प्रवेश गर्ने २७४ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...