Monday 5th October 2026

रुसको हवाई आक्रमणमा युक्रेनमा ९ को मृत्यु


क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो, सुमी, खार्किभ र पोल्टाभा क्षेत्रमा आक्रमण भएको छ। आक्रमणमा १८ भवन, विद्यालय, लिथुआनियाली दूतावास र अन्य पूर्वाधार क्षतिग्रस्त भएका छन् ।

रुसले प्रक्षेपण गरेका २७ मध्ये केवल १ मिसाइल मात्र युक्रेनले खसालेको थियो।

रूसका मिसाइल खसाल्न नसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई तत्काल वायु रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्।

पछिल्लो २४ घण्टामा युक्रेनभर कम्तीमा १४ नागरिकको मृत्यु र ८७ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यसैबीच, रुसले आफ्नो भूभागमा प्रवेश गर्ने २७४ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...