Sunday 13th September 2026

स्यूटा आप्रवासी संकटमा स्पेनले चाल्यो कडा कदम


करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु संख्या बढेर कम्तीमा ६७ पुगेको बताएका छन्।

इटालीले अस्थायी रूपमा स्पेनसँगको शेन्जेन सम्झौता निलम्बन गरेको छ, जसलाई फिनल्याण्ड र डेन्मार्कले समर्थन गरेका छन्।

चेक प्रधानमन्त्री आन्द्रेज बाबिसले स्पेनको शेन्जेन सदस्यता अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन्।

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले केही युरोपेली देशहरूको प्रतिक्रिया “स्वार्थी, विभाजनकारी र गैरकानुनी” भएको भन्दै आपत्ति जनाएका छन्।

EUका २२ सदस्य राष्ट्रहरूले आपतकालीन छलफलको माग गर्दै स्पेनलाई सहयोग गर्नुपर्ने बताएका छन्।

स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गर्न सेना, प्रहरी, ड्रोन, डाइभर र नौका परिचालन गरेको छ।

सान्चेजले यस घटनाको दोष मानव तस्करी गर्ने गिरोहलाई लगाएका छन्।
-BBC

https://www.bbc.com/news/articles/cx2v91xn1z9o


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...