Thursday 12th November 2026

भेनेजुएला भूकम्प : मर्नेको संख्या ४,४९० पुग्यो, १.२ लाखभन्दा बढी प्रभावितलाई राहत


भेनेजुएलामा जुन २४ मा आएका शक्तिशाली भूकम्पहरूमा मृत्यु हुनेको संख्या बढेर ४,४९० पुगेको छ। घाइतेहरूको संख्या १६,७४० रहेको छ भने १,२०,७९४ जना प्रभावित व्यक्तिहरूलाई राहत तथा सहायता प्रदान गरिएको छ।

घरबारविहीन बनेकाहरूका लागि १०८ वटा अस्थायी शिविर तथा आश्रयस्थल स्थापना गरिएको छ। उद्धार तथा राहत कार्यका लागि ३१,८३७ भेनेजुएली सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसलाई २,४२२ अन्तर्राष्ट्रिय उद्धारकर्मीले सहयोग गरिरहेका छन्।

भूकम्पका कारण कति व्यक्ति बेपत्ता छन् भन्नेबारे सरकारले अझै स्पष्ट संख्या सार्वजनिक गरेको छैन। संयुक्त राष्ट्रसंघले भने करिब ५०,००० मानिस अझै बेपत्ता रहेको अनुमान गरेको छ। ८५० भन्दा बढी भवनहरू नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने १९ हजारभन्दा बढी मानिसहरू खेल मैदान, विद्यालय तथा सार्वजनिक स्थानहरूमा बनाइएका अस्थायी शिविरहरूमा बस्न बाध्य भएका छन्।

अधिकारीहरूका अनुसार भूकम्पपछि हालसम्म १,२२२ वटा पराकम्प (Aftershocks) रेकर्ड भएका छन्।


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका…

भाइटीकालाई भारतमा मनाइने रक्षाबन्धनकै अर्को रूप भन्ने गरिएको सुनिन्छ। यसमा केही समानता अवश्य छन्, तर यी दुई पर्व पूर्णतः एउटै…

प्रतिकृयाहरू
...