Saturday 11th April 2026

जन-जागृति युवा समाज कुवेतको नेपाली भित्तेपात्रोको सोह्राैं संस्करण २०८३ सार्वजनिक


तीतोपाटी – जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८३ हिँजो १० अप्रिल २०२६ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित एक हलमा संस्थाका संरक्षक एवं सल्लाहकारहरू, कार्यकारीहरू तथा अधिकांश सदस्यहरूको समुपस्थिति सहित सार्वजनिक गरिएको हो ।

मध्यपूर्वमा रहेको क्षेत्रिय तनावको कारण अन्य तडक भडक कार्यक्रम नगरिकन नव वर्ष भित्रनु भन्दा केहि दिन अगावै सार्वजनिक गरिएको जन-जागृतिको भित्तेपात्रोमा नेपाली र अंग्रेजी पात्रोको साथमा नेपलाी तीथि, चाड, पर्व, विवाह एवं व्रतवन्ध मुहुर्त लगायत संस्थाले वर्षभरिमा गरेका कार्यहरू, कुवेतमा रहँदा पालना गर्नुपर्ने सजगता सम्बन्धी जानकारीहरू, नेपाली दूतावास कुवेतको ठेगाना र कुवेतको अापतकालिन सम्पर्क नं. , श्रमाधान तथा टेलि मेडिसिनका लागि सम्पर्क नं., जनजागृतिका स्थापनाकालदेखिका संरक्षक, सल्लाहकार तथा सदस्यहरूको नामावली तथा तस्बिर समेत राखिएको छ । उक्त भित्तेपात्रो सार्वजनिक समारोह संस्थाका अध्यक्ष राम बहादुर याेन्जन तामाङको सभाध्यक्षतामा महासचिव मित्रभक्त अाचार्यले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाइ संस्थाका संरक्षक टिकाराम अाचार्यले जन-जागृति युवा समाज कुवेतले सथापनाकालदेखि गर्दै आएका कार्यहरूका बारेमा संक्षिप्त जानकारी गराउँदै अहिलेको क्षेत्रिया तनावले उचाइ लिएको समयमा सबैलाइ संयमित हुन अाग्रह गर्दै कुवेतको कानुन, निति नियमहरू र तथा दूतावासबाट जारी भएका सूचनाहरूको पालन गर्न र कानुनले निःषेध गरेका कुनै पनि कार्यहरू नगर्न सबैलाइ सचेत गराउँदै नयाँ वर्ष २०८३ को पुनित अवसरमा जन-जागृति युवा समाज कुवेत परिवार एवं स्वदेश तथा विदेशमा रहुनु भएका सम्पुर्ण नेपालीहरूको सुख, शान्ति, समृद्दि एवं उत्तरोत्तर प्रगति होस भनि नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सबैले नयाँ वर्षको शुभकामना अादान प्रदान गरेका थिए भने नयाँ वर्षको कोसेलीको रूपमा उपस्थित सबैलाइ भित्तेपात्रो वितरण गरिएको थियो ।
त्यसै गरि समाजले लामो समयदेखि रिक्त रहेको सचिव पदमा कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्दै अाएका अर्जुन पराजुलीलाइ हिँजोकै मितिबाट लागु हुने गरि मनोनित गरेको थियो ।

स्मरण रहोस, कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्थाको रूपमा “जागरूक समाजकको खोज, जन-जागृति युवाको सोच” भन्ने मुल नाराको साथ सन २००९ मा गठन भइ कृयाशिल रहँदै आएको जन-जागृति युवा समाज कुवेतले जन-चेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ । संस्थाले आफ्नो वार्षिक कार्यतालिका अनुसार कुवेतको नेपाली समाजमा भित्तेपात्रो पकाशन गरि निःशुल्क वितरण गर्ने कार्य नियमित रूपमा गर्दै आएको छ भने, हाजिरीजवाफ तथा वक्तृत्वकला जस्ता वौद्दिक कार्यक्रम, गीत, गजल, कवित, मुक्तक जस्ता साहित्यिक कार्यक्रमहरू गरेको समाजले स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृत तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुर्ण नेपालीहरूलाइ लक्षित गरि संस्थाभित्रका सदस्यहरूमा मात्र नभएर कर्मभूमि कुवेतमा अप्ठेरामा परेकाहरूलाइ विभिन्न किसिमले सहयोग गर्ने, कुवेतमा कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै नेपाली राजदूतावास संग समन्वय गरि अप्ठेरोमा परेर आर्थिक अभावको कारण नेपाल फर्कन नसकेकाहरूलाइ नेपाल फर्कन लाग्ने टिकटको व्यवस्था देखि मातृभूमि नेपालमा शोषित, पीडित, निर्धन र विपन्न वर्गलाइ लक्षित गरि वर्षेनी लाखौं रूपैयाँ सहयोग गर्दै आएको छ । त्यसै गरि नेपालमा सहयोग गर्न आवश्यक भएर सहयोग संचालन गरिएका प्रोजेक्टहरूका लागि सहयोग अभियान संचालन गरेर आर्थिक सहयोग पनि गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...