Wednesday 9th September 2026

पाल्पाका ७ राजनीतिक दलले सरकारको ध्यानाकर्षण गराए


तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार र बेथितिसँगै जिल्लाका बिबिध समस्याका बारेमा उल्लेख गर्दै  प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन। जिल्ला स्थित ७ राजनीतिक दलका तर्फबाट संयुक्त रुपमा १० बुदे ध्यानाकर्षण पत्र पाल्पाका प्रमुख  जिल्ला अधिकारी तोयनारायण सुबेदी मार्फत सरकारलाई बुझाएका हुन ।

उक्त ध्यानाकर्षण पत्रमा पाल्पा स्थित नेकपामाओवादी केन्द्र पाल्पाका संयोजक राजेन्द्र बिक, रास्वपा पाल्पाका सहसंयोजक सुमन गैरे , राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर, नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष अशोक कुमार शाही , राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्ट्रिय जनमुक्ती पाटी पाल्पाका अध्यक्ष होम बहादुर थापाले हस्ताक्षर गरेका छन भने नेकपा पाल्पाको पनि समर्थन रहेकोले सचिव मिन सीको नाम सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको रास्वपा पाल्पा सह संयोजक सुमन गैरेले जानकारी गराउनु भयो ।

ध्यानाकर्षण पत्रमा मुलुक अहिले चरम भ्रस्टाचार, कुशासन, अनिमियता महंगी र दण्डहिन्ताले आक्रान्त भएको उल्लेख गरिएको छ भने जिल्ला स्थित सरकारी कार्यालयहरुमा नापी,खानेपानी र मालपोत लगायतका कार्यालयमा घुस बेगर काम हुदैन भन्ने जन गुनासा रहेको र त्यसको सम्बोधन गरियोस भन्दै पत्रमा उल्लेख गरिएको छ।

पढ्नुहोस ध्यानाकर्षण पत्र जस्ताको तस्तै 

May be an image of ticket stub and text

May be an image of ticket stub and text


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...