Wednesday 14th January 2026

समाजमा अपाच्य हुने गीतलाई कानूनी कार्वाहीको माग गर्दै उजुरी


राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई ति गीतहरुले  हानी गरेको भन्दै उजुरी गरिएको छ  ।जस अनुशार  चर्चित लोक गायक गायिका रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, सँगै  धुर्व  पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाइ कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमार’ भन्ने गीतहरुलाई प्रतिबन्ध लगाउन माग गरिएको छ  उजुरीमा यी गीतहरुमा प्रयोग गरिएको भाषा हाउभाउ, भाव र सन्देशले सामाजिक मर्यादाको उल्लंघन गरेको जनाइएको छ ।

सोही उजुरीमा सामाजिक सद्भाव भड्काउने हाउभाउ देखाएको भन्दै  तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठ बिरुद्ध कानूनी कारवाहीको माग गरिएको छ । रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी” प्रतिबन्ध लागेपछि गायक खाँडले  उजुरी दिनु अघि एकपटक पनि छलफल नगरेकोमा गुनासो गरेका छन ।

उता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले  ‘समाजमा अपाच्य हुने’ ५ गीतलाई कानूनी कार्वाहीको माग गर्दै  नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरसहित पदाधिकारी र  संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी साइबरब्युरो पुगेर उजुरी दिएका हुन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन दिएको उजुरी हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...