नारायण कोइराला – बिदा भयो कि लेख्नै पर्ने?चर्को बोलीले मेरो मनलाई छोयो।प्रदेशको ठाउँ बोली हाल्न उचित ठानिनँ।चुपचाप विस्तारमा बसेँ।एउटा सानो कोठामा कोचिएको श्रमिक जीवनमा विस्तारा बाहेक अरु बस्ने ठाउँ पनि हुनुपर्यो नि? जति सोचेँ नी जीवन यस्तै हो।अब म नलेखेर के गरौं।विकल्प के हो? रमाउँन त सबैलाई मन छ।कोही फोनमा व्यस्त छन।कोही पार्टी प्लानिङमा छन।कसैलाई देशको राजनीतिक अवस्था बारे कुरा काट्दा फुर्सत छैन।विषय मसँग धेरै छन।लेखेर मात्र के गर्नु अचेल पढने मान्छे पाउन कठिन छ।पढनेहरु पनि ठूला नामी लेखकका लेख पढ्छन होला।पढ्नु पनि पर्छ।त्यो व्यक्तिगत रोजाइ पनि हो।लेख जस्तो भएपनि साख त छनि।हुन सक्छ डाहा पनि लागेको होला।त्यसै डाहा त आएन होला। बर्षौं मिहिनेत लाग्यो होला।मिहिनेतको सम्मान पनि हुन पर्यो। सम्मानले फेरि मस्तिकमा हानि हाल्छ।देशमा सबैको सम्मान भयो। डा,नेता वकील,झोले,आधी इत्यादि। तर श्रम र श्रमिकको पसिनाको भने सधैँ असमान नै भयो। के आधार हो त?
एउटा श्रमिकले महिनाकाे पचास हजार कमाउँदा पनि सम्मान पाउने भनेको घरभित्र मात्र हो।त्यो पनि रोइकराइ।परिवारबाट अझै कति कुरा सुन्न पर्छ। फलाना नेतालाई हेर्नु त तपाईंको जस्तै तलब छ तर कारमा दौडन्छ।त्यो वकील हेर्नु कत्रो घर बनाई सक्यो। श्रमिकसँग बोल्ने शब्द हुँदैन।मात्र सोच्छ।किन यस्तो भयो।छर्लङ्ग थाहा छ ।बोलेपनि बोली बिक्दैन।उल्टो पर्न सक्छ।साइबर क्राइम।गर्नु त के गर्नु?न श्रम गरेर ठूलो भयो। न कहिल्यैँ चिन्ता रहित रह्यो।कस्तो जीवन सोँच्ने कसरी।कुन तह हो यो श्रमिक जीवन।घरको छैन भन्दा दुःख सुखमा कताकति साथ छ।अक्कल झुक्कल जीवनको रमाइलो देख्न पाउँछ।बाँकी समय पचाउन के गर्ने भन्ने कुराले सताउँछ।
घर छोडेर हिँड्नै पर्यो।माया पोको पारेर मात्रै मन शान्त हुँदैन।मन शान्त पार्ने अनेक उपाय छन।घुम्ने,लेख्ने,पढ्ने।घुम्ने कोसँग एक्लै मजा आउँदैन।केटी साथी बनायो भने धन सम्पति इज्जत केही रहँदैन।मायाका कुरा पनि यस्तै हुने।मिल्ने जरी मेरी प्यारी नमिले पछि टीकटक र फेसबुकमा काण्ड भारी।लेख्ने कुरा पनि के?नेतालाई केही लेख्यो भने प्रदेशबाट घर आउँदा समाउला भन्ने डर। सहित्य लेख्यो भने।खाडीको श्रमिक पनि साहित्यकार?प्रश्न चिन्ह लाग्नेको डर। के परदेशी रेमिटेन्स मास्टर मात्र हो। रेमिटेन्स भने सबैलाई राम्रो रे!बैंक,घर,परिवार,सरकार। खिसिक्क सरकारलाई मेख मार्न हुण्डी भन्यो भने त्यो पाप रे।अर्ब खाँदा नलाग्ने पाप श्रमिकले इती बढी खाँदा लागि हाल्ने।गजब सोच।घुम्ने,लेख्ने पछि पढने के त? गणतन्त्रका किराका बारेमा सधैँ जसो लेखिने लेखहरू।की स्वदेशमा बसेर विदेशीका कथाबेथा लेख्ने वरिष्टहरुको लेख पढेर लाइक,कमेन्ट,शेयर गरेर मख्ख बनाउने।
होइन यसो गरेर के हुन्छ?ज्ञान बढ्छ त?विदेशी भूमिको बी नदेख्नेहरुले गूगलमा खोजेर लेखेका लेख पढेर किन मख्ख पार्नु।आखिर गर्नु के त?सम्भावना के?केही नगर्नु? कि जिन्दगी बिन्दास भन्दै अहिलेको ट्रेन्डमा रहेको मदिरा तिर लाग्ने।भो भो त्यता नलागौं।सबै नराम्रो पनि कसरी सोच्नु।अरूको कुरा कति काट्नु। आफ्नो औकात पनि हेरौँ।नेता,लेखक, डा बन्न कसैले छेकेको थियो र? आफु बन्न नसके पछि अरूलाई भनेर के गर्नु?गरिबीले त्यो अवस्था सम्म पुग्न दिएन भन्ने हो भने भाग्य मात्र होइन सबै हाँस्छन्। किन हाउँनु अरूलाई।अहिले ठीकठाक जीवन चलेकै छ। के थाहा धेरै लेख्ने र बोल्ने गरियो भने मुद्धा शब्दले भेटाउँछ कि?
शक्तिसाली भन्दापनि भक्तिसाली नभई यहाँ बोल्नु हुँदैन।बोल्यो की पोल्यो। उदहारण रवि।रविको र श्रमिक लेखकको कथा उस्तै।सधैं लखेटिनु पर्ने।रवि जेलतिर श्रमिक परदेशतिर।होइन म बढी नै लेखे की?की अझै बढी लेखौँ। चौरासिमा देशको लागि परदेशीको भोट।पार्टीको नामै नलिँदा त मुद्धाको डर नहोला नी? हिम्मत गरी हाले।बाँकी पछि सोचौंला। लेख्न चाहिँ लेखियो।कति डराउनु। डरको अर्थ नी डर नै हुन् थाल्यो।कुन बेला डर सत्तासँग पल्टिन्छ।जो जता पल्टिएँ पनि परदेशी श्रम शक्ति नपल्टियोस्।
चौरासीमा भ्रष्टाचार,कु-शासन ,अस्थिरकानुन व्यवस्था गर्ल्यागुर्लुम पल्टियोस्।को रिसाएँ? को खुसी भए?को -को कता गए?बिदासँगै लेखपनि लेखेर सकियो।मन भुल्यो।चौरासीको सपना खुल्यो।
तानसेन पाल्पा
हाल कुवेत