Wednesday 9th July 2025

गृहमन्त्री रमेश लेखक भन्छन:-भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु


गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको बताए ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...