महानायक राजेश हमाल अभिनित चलचित्र ८ बर्ष पछि दर्शकले हेर्न पाउने भएका छन महानायक हमालको कमब्याक चलचित्र “नरसिंहा अवतार” शुक्रबार देशभरिका चलचित्रहरुमा पर्दशनमा आएको छ । धन्नै ८ बर्ष अघि पर्दशनमा आएको चलचित्र सकुन्तला पछि महानायक हमाल कुनै चलचित्रमा देखिएका थिएनन । अहिले भने नरसिंहा अवतार मार्फत आफ्ना फ्यानहरु र दर्शकहरुलाई मनोरंजन प्रदान गर्ने भएका छन । प्रेम, परिवार र बदलाको कथामा बनेको चलचित्रमा उनी एक्सन अवतारमा छन्।
दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा महानायक हमाल सहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ। चन्द्र पन्तको कथा रहेको चलचित्र निर्माता नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्। गीत र ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्रले हलमा दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ। राजेशको कमब्याक चलचित्र भएकाले पनि ‘नरसिंहा अवतार’ लाई थप चासोका साथ हेरिएको छ।