Thursday 22nd May 2025

अमेरिकाले स्वीकार गर्‍यो कतारले उपहार दिएको बोइङ–७४७ विमान


अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । यस्तो उपहार लिन हुने/नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको लागि)का रूपमा प्रयोग हुनेछ ।
अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।
यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो ।
कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ ।
यो नयाँ विमान ट्रम्पको राष्ट्रपति पदावधि समाप्त भएपछि उनको राष्ट्रपति पुस्तकालयमा स्थानान्तरण गरिने ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपतिलाई यात्रा गर्न योग्य बनाउन यसमा थप सुरक्षा प्रणालीहरू जाडन गर्न र अपग्रेड गर्न वर्षौं लाग्नसक्ने बताइएको छ । यसमा परमाणु विस्फोटबाट हुने इलेक्ट्रोम्याग्नेटिक पल्स सहन गर्नसक्ने क्षमता र मध्य–उडानमा इन्धन भर्ने सुविधा रहेको बताइएको छ ।
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ सल्लाहकार मार्क केन्सियनले यस्तो ‘मोडिफिकेसन’को लागत एक बिलियन डलर सम्म सजिलै पुग्नसक्ने बताएका छन् ।
गत हप्ता उपहार ग्रहणलाई न्यायोचित भन्दै ट्रम्पले विमान अस्वीकार गर्नु मुर्खतापूर्ण हुने बताएका थिए ।
तर, अमेरिकी संविधानमा कांग्रेसको अनुमतिबिना विदेशी सरकारबाट सार्वजनिक पदाधिकारीलाई उपहार लिन मनाही गरेको छ ।
हाल (राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वन) अन्तर्गत सन् १९९० देखि प्रयोग हुँदै आएका दुईवटा ७४७–२०० जेट विमान र केही साना ७५७ विमानहरू रहेका छन् । बीबीसी


सम्बन्धित शीर्षकहरु

बादल पारी गाउँमा मायाको बस्ती बसाउँ यो मायाको शहर हो यहि रमाउँ तिमीले सिकायौ तिमीले बनायौ हाम्रो बस्ती यहि हो…

एजेन्सि- प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली…

रोजिना ढुङाना, झापा (हाल: कुवेत) - मजदुरले पाउनु पर्ने हक, अधिकार र सम्मान आजसम्म कसैले पाएको छैन। अरूको कुरा नगरौं,…

प्रतिकृयाहरू
...