Wednesday 9th September 2026

विवाहेत्तर सम्बन्धका कारण बागबजारमा महिलाको हत्या


नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा तामाङ्गको शव फेला परेको थियो । उनको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । पन्त पूर्व भारतीय सैनिक हुन् । उनले अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।
गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए । उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या भएको ११ दिनपछि सडेगलेको अवस्थामा नुवाकोटको सुर्यगढी नगरपालिका घर भएर काभ्रेस्थली बस्ने तामाङ्गको शब् फेला परेको थियो । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...