Saturday 11th April 2026

किराती समुदायको महान चाडको अवसरमा कुवेतमा सांस्कृतिक कार्यक्रम आयोजना


“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ।

२०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय गायक महेश कुमार सुनुवारको विशेष प्रस्तुति रहनेछ। साथै, शुभकामना आदान–प्रदान, किराती परम्परागत नृत्य, भेषभूषा प्रदर्शन, तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने कार्यक्रम आयोजकहरूले जनाएका छन्।

उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, र सुनुवार सेवा समाज, कुवेतको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।

कार्यक्रमको उद्देश्य किराती भाषाहरू, धर्म, परम्परा, र संस्कृतिको संरक्षण तथा प्रचार–प्रसार गर्नु रहेको छ। कुवेतमा रहेका सम्पूर्ण किराती तथा गैर–किराती नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो मौलिक संस्कृतिको संरक्षणमा सहकार्य गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...