Thursday 22nd January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मैले हेरिरहे, उसका आँखा…


मैले हेरिरहे, उसका आँखा निर्दोष थिए
मेरो गल्ती उसलाई सुनाई रहेको थिए ।।
उसको धेरै कुरा सुन्नु छ
लाग्थ्यो मान्छे कसरी यति सुन्दर देखिन सक्छ?

यी आँखा, यी शब्दहरू समुन्द्र झैँ बगिरहेका छन्
मनका भावनाहरू हावाले हल्लिरहेका छन् ।।
शान्त मन , मिठो बोली मन आनन्द थियो
शब्दहरू तीखा थिए मन दौडिरहेको थियो ।।

उसको आँखा धेरै सुन्दर छ
मैले उसको मायामा तैरिनु छ ।।
ती आँखाको सुन्दरतामा माया देख्नु छ
मैले उसको आँखामा हेर्नु छ ।।

मैले हेरिरहे, उसका आँखा निर्दोष थिए
मेरो गल्ती उसलाई सुनाई रहेको थिए ।।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...