Sunday 4th October 2026

कुवेतले दियो नेपाल सामु १८६ रनको लक्ष्य


कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाएका छन् ।

दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक एक विकेट लिएका थिए


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...