Wednesday 7th January 2026

कुवेतले दियो नेपाल सामु १८६ रनको लक्ष्य


कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाएका छन् ।

दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक एक विकेट लिएका थिए


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...