Sunday 12th April 2026

लघुकथाः होली


कमला देवकोटा, पाल्पा – कोठा बाट क्वां क्वां आवाज आएको थियो। निर्मला हैन को रोयो भन्दै ढक ढक गर्दै कराईन्। ए बुहारी ! के भो किन रोएकी?
बुहारी सुंँक्क सुँक्क गर्दै बोलिन्।
तेहीँ तलको रमणेले।
हं के गर्यो तेल्ले? छोरो बितेको एक बर्ष भएकै छैन । हेर कस्तो पिडामा छिन् मेरी बुहारी तेस्ले के गरेछ ? अनि किन भन्दिनौ कुरा केहो?
म आगो बाल्दैथिएँ। होलिका दहन गर्न । अर्थात रिस, राग,क्लेश,कपट, धुर्त्याईं जस्ताअनगिन्ती बिकार जलाउन।
उ आएर सबै निभायो । मेरो सिउँदोमा अबिर दल्यो र भन्यो। येस्ता फास्टा कुराका पछि नलाग। आज फागु पु्र्णिमा हो राम्रो दिन छ।यसरी कति दिन बस्न सक्छ्यौ? अब हाम्रो बिहे भो। भागौँ भन्दै घिसार्यो। म हात छुटाएर फुत्की आएँ।
आफ्नो लतपतिएको शरीर र च्यातिएको चोलो देखाईन् बुहारीले। सासू आमाका आँखाबाट बलिन्द्र धारा आँसु बगेका थिए। भन्दै थिइन् हे बिधाता! भर्खर बिहे भएको छोरो लग्यौ। अंझबुहारी माथिको यो ज्यादति ?
वर्ष दिन पुगेपछि योग्य वर खोजेर यसै घरबाटबाट कन्या दान गरिदिउँला ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...