Sunday 12th April 2026

पाल्पामा साहित्यकार मोहन दुवाल सम्मानित


साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान गरेको छ । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो ,” फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ । पाल्पाको साहित्यलाई पाल्पा साहित्य समाजले उचाईमा पुर्याउनु भएको छ ।”

समाजद्वारा आयोजित साहित्यिक कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएका दुवाललाई पासासका अध्यक्ष पुष्कर अथक रेग्मी र संरक्षक राजेन्द्र गोपाल सिंहद्वारा सम्मान गरिएको हो ।

साहित्यकार मोहन दुवालले वि.सं.२०१८ देखि साहित्य सेवा , २०२७ सालदेखि पत्रकारिता र २०२९ सालदेखि सामाजिक सेवामा आफूलाई समर्पित गराउदै आएका थिए । उल्लेखित क्षेत्रमा गरिएको योगदानको कदर स्वरूप पासासले दुवाललाई सम्मान गरेको हो । पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ । समाजका सल्लाहकार चित्रवलीराम सुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा तानसेन गुठीका अध्यक्ष शकुन्तला बज्राचार्य , साहित्यकार सीताराम घिमिरे , पत्रकार /साहित्यकार धातानन्द शर्मा , पोखराथोक साहित्य संगमका पूर्व अध्यक्ष हरि भट्टराई , पासासका संरक्षक राजेन्द्र गोपाल सिंहर विशिष्ट अतिथि पत्रकार सेनानी मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पुष्कर अथक रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव सविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...