Tuesday 4th August 2026

कोलकात्तामा भएको प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या मुद्दाका दोषीलाइ आजीवन कारावासको सजाय


भारतको कोलकाता स्थित एक सरकारी अस्पतालकी एक चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा सोही अस्पतालका नागरिक स्वयंसेवक रहेका सञ्जय रोयलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको छ ।

कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले दोषी प्रमाणित भएका रोयलाइ आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् ।

भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।
पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो ।

सुनुवाईका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गरेका थिए ।

पुलिसले सीसीटीभी फुटेज तथा घटनास्थलको विवरणको आधारमा सञ्जय रायलाई गिरफ्तार गरेको थियो। भारतमा एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका चिकित्सकहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । केशको गाम्भिर्यतालाइ हेरेर उच्च अदालतको आदेश अनुसार सीबीआईले यो केशलाई आफूले लिएर अनुसन्धान अघि बढाएको थियो। सीबीआईले आफ्नो आरोपमा रायलाई मुख्य आरोपी ठहर गर्दै मृत्युदण्डको सजाय माग गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा…

प्रतिकृयाहरू
...