Sunday 1st March 2026

चितवनमा प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गर्दै प्रहरी


प्रहरीले  एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ।यो भिडिओ सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।

‘अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको भन्ने खुलेको छ। सम्बन्धित निकायलाई छानबिनका लागि निर्देशन दिइसकेको छ,’ उनले भने। चेकिङमा खटिएका एक जना प्रहरीले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिन्छ। ‘पावर देखाएको’, ‘फोन गरेको’, भन्दै ती युवकमाथि निर्घात कुटपिट गरेका थिए।

कुटपिट घटनामा जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन थालिसकेको एसपी गौतम मिश्रले बताए। डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन सुरू भएको उनको भनाइ छ।‘यसमा छानबिन हुँदैछ। त्यसपछि कारबाही हुन्छ। घटना पुरानो भन्ने पनि आइरहेको छ। पुरानो भए पनि प्रहरीले त्यसरी कोहीमाथि पनि व्यवहार गर्न पाइँदैन, अपराधी नै भए पनि आफ्नो व्यावसायिकता देखाउनुपर्थ्यो,’ उनले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...