Friday 25th September 2026

तमू समाज, कुवेतको समंन्वयमा बंगलादेशी नागरिकलाई रगत प्रदान


कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६ युनिट ‘ए प्लस’ रगत आवश्यक भएको डाक्टरको भनाई बमोजिम बिरामीको आफन्तजनले तमू समाजका सदस्य खुशीमान गुरुङ सँग अनुरोध गरेका थिए, त्येस पस्चात समाजमा आन्तरिक छलफल पछी समाजका बरीष्ठ सल्लाहकार तथा भुतपुर्व अध्यक्ष खोप गुरुङ द्वारा सेन्ट्रल ब्लड बैंक सँग समंन्वय गरी तत्काल रगत उपलब्ध गराई गत महिना बिरामीको अपरेशन सफल भएको थियो ।
मानव शरीरलाई नभई नहुने अती आवश्यक पदार्थ रगत हो । आफु सँग रहेका रगतलाई आवश्य परेका अन्य ब्यक्तीलाई दान गर्नुलाई मानवीय (पुण्य) कार्य मानिन्छ । यस पुण्य काममा कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई आवद्ध गराउदै तमू समाजले बिगत १२ बर्ष देखी रक्तदान कार्यक्रमको नियमित आयोजना गर्दै आएको छ । यस् बिच समाजले सम्बन्धित निकायमा अनुरोध गरी धेरै बिरामी श्रमिकहरुलाई आवश्यक रगत उपलब्ध गराई सेवा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...