Friday 9th October 2026

कल्याणकारीले आगामी फेब्रुअरी ७ तारिक अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने


तीतोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ । समाजले हाला फेब्रुअरीको आगमन सँगै “कल्याणकारी-हाला-अलमुजैनी कप” भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष सुवाश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फाहाहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

स्थापनाकालदेखि खेलकुद तथा सामाजिक सेवाको कार्य गर्दै आएको यस संस्थाले फेरि पनि कुवेतको नेपाली समाजमा रहेका खेलकुद प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको चाहनालाइ मध्यनजर गर्दै यस वर्ष हाला फेब्रुअरीको अवसर पारेर अलमुजैनी एक्सचेन्जसँगको सहकार्यमा भलिबल प्रतियोगिता गराउन लागेको बताउँदै भलिबल खेलप्रति रूचि राख्ने खेलप्रेमी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ खेलकुद प्रतियोगिता हेर्न आउनुहुन आयोजकले अनुरोध गरेको छ ।

स्मरण रहोस, स्थापनाकालदेखि नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले कुवेतमा हुने हरेक खेलकुद प्रतियोगितामा सकृय सहभागी भइ अधिकांश खेलहरूमा च्याम्पियन रहँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...