Saturday 26th September 2026

टिकटक माथी प्रतिबन्ध लगाउन नहुने माग अमेरिकी अदालतद्वारा अस्विकार


एजेन्सि-अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो ।

कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो अदालतले टिकटकको अनुरोधलाई ‘अनावश्यक’ भन्दै अस्वीकार गरेको जनाइएको छ ।

टिकटक र यसको मालिक बाइट डान्सका वकिलहरूले कोलम्बिया सर्किट डिस्ट्रिक्टको लागि युएस कोर्टमा गरेको अपीलमा भनिएको थियो कि अमेरिकी सरकारको नीति गलत छ, टिकटक माथी प्रतिबन्ध लगाइनु हुन्न । तर, सो अदालतका तीन न्यायधिसको संयुक्त इजालसले अमेरिकी सरकारको पक्षमा रहेको र कानूनलाई उनीहरूको चुनौती अस्वीकार गरेको जनाएका छन् ।

यसअघि बाइडन सरकारले टिकटक माथी प्रतिबन्ध लगाउने प्रकिया बढाए पछि टिकटक अमेरिकामा प्रतिबन्ध हुने खतरा कायमै छ । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि टिकटकमा खाता खोले पछि सो प्रतिबन्ध अगाडी नबढने संकेत देखिएको छ ।

त्यसैले अदालतले कम्तिमा कुनै निर्णय नदिएर तत्कालका लागि टिकटकको अनुरोधलाइ अस्विकार गरेको हो । ट्रम्पले पद तथा गोपनियताका सपथ नलिएसम्म अदालतले कुनै निर्णय नलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...