Saturday 8th August 2026

सपना पछ्याउनुको मूल्य र मरुभूमिको कठोरता


गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न प्रेरित गर्छन्। कहिलेकाहीँ ती सपना यति टाढा लाग्छन् कि पुग्न सकिन्छ जस्तो लाग्दैन, तर मनले भन्छ—“एक दिन अवश्य पूरा हुन्छ।”
म अहिले पनि सपनाको पछाडि दौडिरहेको छु। कहिले कुनै नयाँ मोड आइपर्छ, कहिले अनिश्चितताले गिज्याउँछ। म सोच्छु—यो यात्रा कहिले समाप्त हुन्छ? कहिले म आफ्नो सपनाको अन्तिम गन्तव्यमा पुग्छु? सपना भनेको हाम्रो जीवनको दिशा हो। यो सानै उमेरदेखि सुरु भएको कल्पनाको एक अंश हो, जुन समयसँगै परिपक्व हुन्छ। तर सपनाहरू पूरा गर्न सजिलो छैन।
कठिनाइ आउँछ।असफलताले रोक्न खोज्छ। मानिसको अविश्वासले मन कमजोर बनाउँछ। तर ती चुनौतीले नै हामीलाई बलियो बनाउँछ। मैले थुप्रै रात सपनाका लागि जाग्राम बसेको छु। मैले मेरो सानालाई त्यागेको छु, र जीवनका धेरै रमाइला पलहरू गुमाएको छु। तर मनमा एउटा आशा छ—मेरा सपना एक दिन अवश्य पूरा हुनेछन्।

मरुभूमिमा बालुवाको हावाले आँखा पोल्छ, घामले शरीर जलाउँछ, र बाटो हराउँछ। सपनाको संसारमा पनि यस्तै चुनौतीहरू छन्। आलोचनाको आँधी। असफलताको चर्को घाम। कहिले काहीं आफ्नै मनको द्वन्द्व। तर मरुभूमिमा हरेक यात्रीलाई एउटा विश्वासले बाँच्न सिकाउँछ दूर कहीँ न कहीँ पानीको स्रोत (ओएसिस) हुनेछ। त्यसैगरी, म पनि मेरो सपनाको ओएसिस भेट्ने विश्वासले अगाडि बढिरहेको छु।

सपना पछ्याउने यो यात्रा केवल लक्ष्यमा पुग्ने कुरा होइन। यो यात्रा आफैंलाई चिन्ने र हरेक चुनौतीलाई जित्ने कला हो।

कसैले भन्छन्, “सपना देख्नु त सजिलो छ, पूरा गर्नु कठिन।” यो कुरा सत्य हो, तर सपना नै नदेख्ने हो भने हामीले केको लागि संघर्ष गर्ने? केको लागि बाँच्ने?
सपना कहिले पूरा हुन्छ भन्ने कुरा हाम्रो मेहनत, धैर्य, र समयको संयोजनमा निर्भर हुन्छ। तर कहिले कहिँ, ती सपना पुग्न नसक्ने टाढा देखिन्छन्।
तर मनमा एउटा विश्वास राख्नुहोस्—जीवनले हरेक कुराको सही समय ल्याउँछ।तपाईँले जति मेहनत गर्नुहुन्छ, त्यो कहिल्यै खेर जाँदैन।तपाईँका आँसु र पसिनाको मूल्य एक दिन अवश्य मिल्ने छ। सपना पछ्याउने यात्रामा नै अनगिन्ती अनुभूतिहरू छन्।मैले आफैँलाई चिनेको छु।असफलताबाट पाठ सिकेको छु सानातिना सफलताबाट प्रेरणा लिएको छु। यो यात्रा कहिले समाप्त हुन्छ भन्ने कुरा जीवनकै एउटा रहस्य हो। तर यात्रा गर्नु नै महत्त्वपूर्ण छ। सपना पूरा होस् वा नहोस्, यो यात्राले मलाई आफैँसँग जोडिरहेको छ।

“सपना हेर्दै जाऊ, त्यसको पछाडि दौडिरहे।” जीवन कहिले पनि स्थिर हुँदैन। यदि तपाईंले तपाईँको सपनाको पछाडि हार मान्नुभयो भने, त्यो सपना केवल कल्पना बनेर रहन्छ। तर, यदि तपाईं अगाडि बढ्न रोक्नुभएन भने, एक दिन त्यो सपना तपाईंको हुनेछ।


सम्बन्धित शीर्षकहरु

थाइल्यान्डको बैंकक नजिक रहेको डेबसिरिन नोन्थाबुरी विद्यालयमा १४ वर्षीय एक विद्यार्थीले गोली चलाउँदा पाँच शिक्षकको मृत्यु भएको छ भने ३०…

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

प्रतिकृयाहरू
...