Friday 18th October 2024

‘रबि’ लाई पक्राउ गरेकोमा धन्यवाद सरकार


सहकारी ठगीको आरोपमा संसदिय छानविन समितीले महिनौ दिनसम्म अर्जुन दृष्टि लगाएर छानविन गर्दा पनि रबि लामिछानेको संलघनता कतै कही भेटेन तर पनि आज उनलाई सरकारले पक्राउ गरर्यो । अरबौ अरब को ठगी गर्नेहरु सत्ताधारी दलहरुमा संरक्षित र सुरक्षित तर विना प्रमाण असम्बन्धित अभियोग लगउदै राजनितीक दुरासय बोकेर रबिलाई कानूनका छिद्रबाट पक्राउ गर्नु सरकारको निकम्मापन मात्र होईन सर्वथा देश र जनताको अपमान पनि हो । यो प्रकारको अराजक शासन शैलीले देशलाई कहाँ पुरयाउने हो चिन्ताको विषय बनेको छ ।

जनताको कर खाएर, भ्रष्टचारमा लिप्त नेताहरु सत्तामा पुगे पछि जेल जान पर्ने रवि लामिछाने जस्ता ले हो । जसले देश र जनताका लागि केही गरौ भनेर राजनितीमा आएका छन ।

कांग्रेस र एमाले को जय भन्नेहरुलाई त यो देश स्वर्ग छ । जे गरे पनि छुट हुन्छ । त्यस्ता अपराधीहरुलाई नै पुरस्कृत गरिन्छ । तिनलाई समात्नु हुदैन, छानविन गर्न पर्दैन । सहकारी पिडितहरुको अरबौ रकम स्वाहा पार्नेहरु कोही सत्तामा छन, कोही बाहिर छन । मिन बहादुरहरुले करोडौ को जग्गा दान दिएर चोखिन सक्छन, विनोद र विष्णुहरुले लुटेको धन फिर्ता गर्दा जोगिन सक्छन, धनराजहरु खुल्लम खुल्ला चुनौती दिदै हिडछन तर रबि लामिछाने जस्ता युवाहरुले जेल जान पर्दछ । देउवाको आर्शिवाद लिएर जे पनि गर्दा हुन्छ, एमाले का सहकारी ठगहरुले ओलीको दवदवा रहे सम्म कतै बयान दिन पर्दैन ।

रबि लाई जेल हाले पछि सहकारी समस्या समाधान भई हाल्ने जस्तो देखियो अब भने यो देशका सहकारी पिडीतहरुले पैसा फिर्ता पाउने भए भने जसरी सम्पूर्ण राज्यसत्ता लागेको छ । तिनलाई नै समर्थन गरेर बस्ने सहकारी पिडितहरुले अब खसी काटे खाए हुन्न ? सम्भवत ८७ अरब नै रवि को नाममा लगाउन मिले त्यसो गरौ की ? उनलाई सहकारी ठग भनेर ईतिहास कोर्न लगाउने पो हो की ?

अराजकताको पनि एउटा सिमा हुन्छ नी । आरजुलाई पक्रन खोज्ने रबि लाई किन छाडने ? कैलाश सिरोहीया लाई नचिन्ने रबि लाई किन नफसाउने ? नेपालकै अरबपति को परिवारका सदस्यलाई पक्राउ गर्ने हिम्मत गर्ने सत्ताको पावर आफ्नो हातमा आएका बेला किन बदला नलिने ? सक्कली नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाउनेहरुको फायल खोल्दा खोल्दै बन्द गर्ने नारायणकाजी भन्दा ठुलो हिम्मत गर्ने त्यो रबि को हो ? हिजो सत्ता जोगाउन प्रचण्डले नारायण काजीको हात बाधे आज गगन र आरुजु जोगाउन ओलीले रबि लाई समाते । ओली र प्रचण्डमा कुनै फरक छैन । देउवा र ओली मा पनि फरक छैन । यीनका पार्टीहरु पनि उस्तै छन, नाम मात्र फरक हो । रबिले उनीहरु भन्दा फरक हुने हिम्मत देखाउन हुन्छ ?

रबि लाई त्यसै छाडन हुदैन भन्ने कयौ तस्करहरुको मागलाई बेवास्था गर्न ओली ले सक्ने अवस्था थिएन र छैन पनि । उनको लागि पनि सत्ता सबै कुरा हो । उनको गर्दन माथि पनि धेरै तरबारहरु झुण्डिरहेका छन । तीनै दल ले मिलिमिली देशमा गरेको ब्रमालुट को हिसावकिताब गर्न अर्को कोही आउन हुन्न भन्नेमा यी सधै एकै ठाउँमा छन । देश र जनतासँग यीनलाई कुनै मतलब छैन ।

संसदमा प्रमाण नै प्रमाण बोकेर बसेका गगन थापाको राजनिती बचाउन का लागि रबि लाई नथुनि हुदैनथ्यो । राजनिती छाड्न पर्ने उनको विजोग हुन लागेको अवस्थाबाट उन्मुक्ति पाउन, उनको लाज ढाक्न रबि लाई जेल हालेर भ्रम छर्न परेको थियो । यतिबेला गगनहरुलाई बल्ल दशै आएको होला । यी सवै कुरा पत्याई दिएर अब आउने निर्वाचनमा जनताले यीनै तीन दल लाई मत हाल्नु पर्ने होला । संसदिय छानविन समितीसँग प्रमाण नभए पनि गगन थापाले लुकाएर राखेको कान्तीपुरका समाचारहरु ओली बा को सरकारका प्रमाणहरु होलान । दुई महिना लगाएर खोज्दा संसदिय समितीले नभेटेको प्रमाण अब गगन थापाले दिने भएर रबि लाई थुनिएको हो भने पक्राउ गर्ने ओली सरकार र गगन थापालाई बधाई ।

रबि ले जेल बस्नै पर्दथ्यो अब ढुक्क भयो । नेपाली राजनितीमा जेल बस्नु योग्यताको सर्टिफिकेट हो भन्ने भास्य छ जुन कुरा रबिले पुरा गर्दैछन । अरुले मान्छे मारेर जेल बसेर राजनितीमा उदाएका हुन, रबिले जेल नबसी राजनितीमा आउने दुस्साहस गरेकाले आज उनलाई यस्ता आरोपहरु आईलागेका हुन । त्यसमा पनि पहिलो पल्टमा नै यति पपुलर हुनु कस्ले भनेको थियो उनलाई ? जनताले रास्वपा माथि भरोसा गर्न हुन्छ ? कांग्रेस, एमाले वा माओवादीलाई छाडेर रास्वपा लाई भोट हाल्ने जनतालाई थर्काउने यो भन्दा उत्तम विधी अरु के होलार ? त्यसमा पनि चितवनका जनताले बाठो भएर पटक पटक रबि लाई जिताउन पाईन्छ ? अब त सहकारी ठग लाई किन जिताको भनेर प्रचार गर्न पाईने भयो नी । यस्तो पनि गर्ने हो ? खबरदार जनता हो, हामी हुदा हुदै अर्को नखोज ।

रास्वपा सरकारमा गयो की केही न केही हतियार उठिहाल्छ । दोहरो नागरिकताको कुरा उठयो र पहिलो पटक रबिको मन्त्री पद खुस्कियो । उनको जस्ता दोहरो नागरिता हुने कयौ छन, तिनीहरु देशमा पनि सम्पतीका मालिक छन र विदेशमा पनि घरघडेरी जोडेर बसेका छन । तिनको खोजी गर्न पर्दैन ? अहँ पर्दैन । किनकी त्यो हतियार रबि का लागि मात्र उठने हो । त्यसै गरे त्यसपछि सकियो । त्यस्ता दोहरो राष्ट्रियता बोकेका मानिस सत्ता भित्र हिजो पनि थिए आज पनि छन । मन्त्रालयमा छन, न्यायलयमा छन,सेनामा छन, प्रहरीमा छन, विचौलिया र व्यपारी त कति हो कति ? उनीहरुले जे गरे पनि हुन्छ तिनलाई छानविन गर्न पर्दैन । पक्रन र थुन्न त झनै हुदैन । ती कानूनहरुको प्रयोग त रबि माथि मात्र हुने हो । रबि ले राजनितीमा आउन हुदैनथ्यो भन्ने उनीहरुको दुराशय हो त्यसैले उनको पद खुस्कियो अनि मुद्धा सेलायो । अरु कसैको न खोजविन पर छानविन केही गर्न परेन ।

नेपाल मा भए नभएका अभियोग रबि लाई लगाईन्छन र उनलाई थुन्नका लागि कानून सक्रिय भई दिन्छन । किनकी उनीहरुको लुटको साम्राज्यमा झण्डा गाडन कोशिष गरेर रबि ले गल्ती गरिरहेका छन । आज रबि लाई पक्रनु पुरानै डिजायन अन्र्तगत को कार्य हो । गोकुल बास्कोटाले चितवनका जनतालाई दुई महिना पहिले नै पुन उपचुनाव का लागि तयार हुनु भन्न भ्याएका थिए । त्यो उनको संकेतले प्लान उती नै बेला बनिसकेको थियो भन्ने देखिन्छ । उनीहरु रबिलाई राजनितीबाट किनारा लगाउने अभियानमा सवै एकमत छन । कांग्रेस र एमाले ले संविधान संसोधनका लागि सत्ता गठबन्धन गर्न परेको भन्थे नी । अहिले उनीहरु त्यसैका लागि काम गरिरहेका छन त ? यहाँ सम्म की बाढी पहिरोले जनता विचलित मा परिरहदा समेत उनीहरुलाई रबि बाहेक अरु कुनै कुरा समस्या हुन भन्ने लागेन ।

अब उनीहरुले संगठित अपराध अर्थात फौजदारी कानून लाई जबरजस्ती तानेर ल्याउनेछन र रबि को टाउकोमा हाल्नेछन । उनको विरुद्धमा फैसला गराउनेछन । अदालत ले न्याय दिन्छ भन्ने भ्रममा रबि वा रास्वपा छ भने त्यो भ्रम पाल्न छाडे हुन्छ । फैसला रबि का विरुद्धमा हुनेछ । सवै ठाउँमा लुटाहा र चुसाहा मात्र बसेको देश हो यो । राज्यका सवै संरचनामा उनीहरुको सेटिंग छ । त्यसलाई भत्काउन सजिलो छैन । नेपाल मा श्रीलंका वा बंगलादेशको जस्तो राजनैतिक सुनामी बाहेक अरु कुनै कोशिष ले काम गर्दैन । मुठिठभर दलाल, तस्करहरुको हातमा देशको सत्ता कैद छ । डार्क फायल काण्ड ले यी सवै कर्तुत को चित्रण गरिसकेको छ । यहाँ न्यायलय कति दलदलमा छ भन्ने पनि देखिएको छ ।

सहकारी पिडित, लघुवित्त पिडित र बैकिंग व्याज र स्याजका पिडित लाई बोकेर हिड्ने दुर्गा प्रसाई लाई पनि उनीहरुले छाडेनन । डार्क फायलको टिम लाई छाडेनन, रास्वपा लाई सक्न रबी लाई सक्न पर्छ भन्ने उनीहरुको एक मात्र मिसन छ यी कुराहरु कसलाई थाहा छैनर ? सरकार सँग अरु कुनै मुद्धा छैनन । चुनाव भए २०८४ मा जनताले उनीहरुलाई सवक सिकाउने पक्का छ । यहाँ बालेन र रवि अनि दुर्गा भन्दै जनता बाडिए भने चाही कांग्रेस एमाले को मिसन पुरा हुन सक्छ । यो कुरा पनि बुझ्न जरुरी छ की रवि पछि पालो बालेन कै हो । उनीहरुको मिसन मा बालेन कतै छुटेका छैनन । बालेन ले रबि माथि को अन्यायमा मुख खोल्न पर्दछ नत्र डिभाईड एण्ड रुल को शिकार उनी पनि हुनेछन ।

जे होस, ओली सकारलाई धन्यवाद छ । दमन र षडयन्त्रहरु गर्दै जानुस , पृथ्वी गोलो छ पालो सबैको आउछ ।
-तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

आइडीएफले आफ्ना सैनिकहरूले रफाहमा हमास नेतालाई मारेको पुष्टि गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, हमासका नेता याह्या सिनवारको हत्याले इरानको नेतृत्वमा…

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने…

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

प्रतिकृयाहरू
...